देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

डिसी नेपाल
१ असार २०८२ ९:५०

काठमाडौं। भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन्।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”

यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको लन्डन प्रस्थान गरेको एयर इन्डीयाको जहाज पनि दुर्घटना भएको थियो। उक्त जहाजमा चालकदलका सदस्य र यात्रु सहित २४२ जना सवार थिए । जसमा एक जना यात्रु मात्रै बाँच्न सफल भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *