चिनियाँ बिदेश मन्त्रीले भने-चीन इरानकाे समर्थनमा उभिन्छ

काठमाडौं। चीनले इरानलाई समर्थन गर्ने भएको छ। इरानमाथि इजरायली हमला भएपछि भएको पहिलो बार्तामा चीनले सो प्रतिबद्धता जनाएको हो। चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षी अब्बास अराघचीसँगको फोन बार्तामा सो प्रतिबद्धता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
चीनले भन्यो, ‘तेहरानलाई आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सहयोग गर्नेछ।’
विदेशमन्त्री वाङ यीले शनिबार इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरेर स्थितिको जानकारी लिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। सो पत्रिकाका अनुसार इरानमाथि इजरायलले आक्रमण गरेपछि चीनले तुरुन्तै आफ्नो अडान स्पष्ट गरेको वाङले बताएका छन्।
चीनले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको भन्दै इजरायलको स्पष्ट निन्दासमेत गरेको छ। वाङले इरानी अधिकारीहरूलाई लक्षित गरी सर्वसाधारणको ज्यान लिने क्रूर आक्रमणको चीन दृढताका साथ विरोध गर्ने र इरानको राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न, आफ्नो वैध अधिकार र हितको रक्षा गर्न र जनताको सुरक्षामा इरानलाई समर्थन गर्ने पनि स्पष्ट पारेको छ।
उता, वाङले इजरायली विदेशमन्त्री गिडोन सारसँगको टेलिफोन बार्तामा इरानमाथि इजरायलको बलियो आक्रमणको विरोध गरेको स्पष्ट पारेका छन्। यस वक्तव्यमार्फत चीनले पश्चिम एसियामा बढ्दो तनावबारे आफ्नो कूटनीतिक अडान स्पष्ट गरेको छ।
Facebook Comment