इजरायलसँगको तनावका बीच चीन र इरानका विदेशमन्त्रीहरूको फोन वार्ता

डिसी नेपाल
१ असार २०८२ १६:०२

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार इरानी विदेशमन्त्री अब्बास अरघचीसँग टेलिफोन वार्ता गरेका छन् । चीनको विदेश मन्त्रालयले यस वार्ताको बारेमा आधिकारिक विज्ञप्ति जारी गरेको छ ।

जारी विज्ञप्ति अनुसार, “सय्यद अब्बास अरघचीले वाङ यीलाई क्षेत्रीय अवस्था र हालैका घटनाक्रमहरूको बारेमा जानकारी गराए।”

“सय्यद अब्बास अरघचीले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भने – इजरायलले हालै इरानमाथि गरेको आक्रमणमा धेरै इरानी सैनिक र सर्वसाधारण मारिएका छन्। यस आक्रमणमा इजरायलले इरानको आणविक स्थलहरूलाई पनि निशाना बनाएको थियो, जुन अन्तर्राष्ट्रिय कानूनको विरुद्ध हो।”

अराघचीले अन्तर्राष्ट्रिय समुदायले इजरायललाई सैन्य कारबाही रोक्न अपील गर्ने आशा व्यक्त गरे । साथै, वाङ यीले इजरायलले इरानमाथि आक्रमण गर्ने बित्तिकै चीनले तुरुन्तै आफ्नो अडान स्पष्ट पारेको बताए।

उनले भने, “चीनले यो आक्रमणलाई इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घन भनेको छ, र चीनले इरानी अधिकारीहरूलाई लक्षित गरी गरिएको आक्रमण र सर्वसाधारणको हत्याको कडा विरोध गर्दछ।”

“इजरायलका यी कार्यहरू संयुक्त राष्ट्र संघको नियम र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरू विरुद्ध छन्। विशेष गरी, इरानको आणविक स्थलहरूमा इजरायलको आक्रमण धेरै खतरनाक छ र यसको गम्भीर परिणाम हुन सक्छ।”

चीनले इजरायलमाथि दबाब दिने देशहरूलाई शान्ति स्थापनाका लागि ठोस कदम चाल्न अपील गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *