ट्रम्पले भने, ‘म भारत र पाकिस्तान जस्तै इरान-इजरायल बीच सम्झौता गराउन सक्छु’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल ह्यान्डलमा लेखेका छन् – ‘इरान र इजरायलले सम्झौता गर्नुपर्छ र उनीहरूले त्यसो गर्नेछन्।’
उनले दाबी गरे ‘जसरी मैले भारत र पाकिस्तान बीच सम्झौता गराएँ, त्यसरी नै म यी दुई बीच पनि सम्झौता गराउन सक्छु।’
ट्रम्पले लेखे, “मैले भारत र पाकिस्तानको मुद्दामा दुई महान नेताहरू बीचको संवादमा तर्क, सहमति र विवेक ल्याउन अमेरिकी व्यापारको शक्ति प्रयोग गरें। उनीहरूले छिटो निर्णय गरे र उनीहरूले युद्ध रोके।”
ट्रम्पले यसअघि पनि धेरै पटक भारत र पाकिस्तानबीच युद्धविराम गराएको बताएका छन्।
भारत र पाकिस्तानबीचको हालैको द्वन्द्वपछि पाकिस्तानले युद्धविरामको लागि अमेरिकालाई धन्यवाद दिए पनि भारतले अहिलेसम्म यसमा अमेरिकाको प्रत्यक्ष भूमिकाको बारेमा केही भनेको छैन।
त्यसपछि ट्रम्पले केही थप उदाहरणहरू दिए र लेखे – उनले सर्बिया र कोसोभोका साथै इजिप्ट र इथियोपिया बीच तनाव बढ्नबाट रोकेका थिए।
उनले लेखे, “मेरो पहिलो कार्यकालमा, सर्बिया र कोसोभो बीचको दशकौं लामो तनाव युद्धमा परिणत हुन लागेको थियो। तर मैले त्यसलाई रोकें।”
यसपछि ट्रम्पले इजिप्ट र इथियोपियाको उल्लेख गर्दै लेखे – नाइल नदीलाई असर गर्ने बाँधलाई लिएर दुई बीच विवाद थियो।
उनले लेखे, “मेरो हस्तक्षेप पछि अहिले त्यहाँ शान्ति छ।”
ट्रम्पले लेखे, “त्यस्तै गरी, इजरायल र इरानबीच चाँडै शान्ति हुनेछ। धेरै बैठकहरू भइरहेका छन्, फोनमा कुराकानी भइरहेका छन्।”
“म धेरै गर्छु तर मलाई यसको श्रेय मिल्दैन। तर मलाई लाग्छ मानिसहरूले त्यो बुझ्छन्।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment