इजरायलमा इरानको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु

डिसी नेपाल
२ असार २०८२ १३:२४
132
Shares

काठमाडौं । इजरायली आपतकालीन सेवाले आइतबार राति इरानको आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको छ।

मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन्। यस आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारको लागि अस्पताल पठाइएको छ।

इजरायली आपतकालीन सेवाले जनाएअनुसार शुक्रबारदेखि इजरायलमा मृत्यु हुनेको संख्या कम्तिमा १९ पुगेको छ।

शुक्रबारदेखि दुवै देशले एकअर्कामाथि आक्रमण गर्न थालेका थिए।

यसैबीच, इरानको स्वास्थ्य मन्त्रालयले आइतबार भनेको छ – शुक्रबारदेखि इजरायली आक्रमणमा देशभर २२४ जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *