चीनले आफ्ना नागरिकलाई इजरायल छोड्न भन्यो

डिसी नेपाल
३ असार २०८२ १२:४२
288
Shares

काठमाडौं । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ।

इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा नाकाबाट इजरायल छोड्न अपील गरेको छ।

सोमबार जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै देश छोड्न अपील गरेको छ।

इजरायल-इरान द्वन्द्व बढ्दै गएको, नागरिक सुविधाहरूमा क्षति पुर्‍याउने र नागरिक हताहतको संख्या बढ्दै गएको उल्लेख गरिएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले भनेको छ – सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सिमाना खुला रहने पुष्टि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *