३१ दिन पैदल यात्रा गरेर प्रधानमन्त्री भेट्न आएका बोहोरा सरकारबाटै लखेटिए (तस्बिरहरू)

डिसी नेपाल
३ असार २०८२ १४:४८

काठमाडौं । ३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरालाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन।

मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो। प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो।

त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्।

उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएको प्रहरीले जनाएको छ। सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो।

अनियमितता र भ्रष्ट्राचारविरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए।

उनी कर्णालीका मुद्दाहरू एवं अनियमितता र भ्रष्ट्राचारका विषयहरु लिएर काठमाडौं आएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

लघुकथा : लत

२१ असार २०८२ ७:२७

कविता : सपनाको उडान

२१ असार २०८२ ७:२८

लघुकथा : राजनीति

२१ असार २०८२ ७:२६