अमेरिकी उपराष्ट्रपति इरान जान सक्ने

डिसी नेपाल
३ असार २०८२ १५:२५

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका अधिकारीहरूलाई भेट्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स वा मध्यपूर्व राजदूत स्टीव विटकफलाई पठाउने विचार गरिरहेको सीबीएस न्यूजकी रिपोर्टर जेनिफर ज्याकबले सामाजिक सञ्जालमा दाबी गरेकी छिन् ।

जेनिफर ज्याकब एयर फोर्स वानमा ट्रम्पसँगै यात्रा गरिरहेकी छिन्। उनका अनुसार ट्रम्पले भनेका छन् – उनी इरानसँगको आणविक समस्याको स्थायी समाधान चाहन्छन्। उनी इरानले पूर्ण रूपमा आणविक हतियार त्यागोस् भन्ने चाहन्छन्। ट्रम्पले भने – इजरायलले भविष्यमा पनि इरानमाथि आक्रमण गरिरहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *