कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने

डिसी नेपाल
३ असार २०८२ १७:१४
116
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्न लागेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकको एजेन्डाबारे भने औपचारिक जानकारी दिइएको छैन्। यद्यपि, पछिल्लो समयको राजनीतिक परिवेशलाई ध्यानमा राख्दै बैठकमा समसामयिक विषयवस्तुहरूमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *