सूचना टाँसेर बिहीबारसम्म प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं। प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले निरन्तर सदन अवरोध गरेपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले सदन अवरोध गर्दै आएको छ। सदनको अवरोध खुलाउन मंगलबार संसद भवनमा दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष नआएपछि सदन स्थगित गरिएको हो।
सभामुख देवराज घिमिरेले सहमतिका लागि बुधबार दिनभर गृहकार्य गरेर बिहीबार बैठक समय अघि सहमति गर्न आग्रह गरेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment