बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छः मन्त्री पाण्डे

डिसी नेपाल
६ असार २०८२ १९:२९
16
Shares

काठमाडौंं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन्।

शुक्रबार काठमाडौमा आयोजित बौद्धिक सम्पत्ति अधिकार वर्तमान स्थिति, चुनौती र अवसरहरू बारे जर्नल लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीतिहरुमा राखेको भन्दै कतिपय कानूनहरु निर्माणको क्रममा रहेको बताए।

उनले भने, ‘हाम्रो संस्कृति नीति मन्त्रिपरिषद्मा छ, यो नीतिले पनि बौद्धिक सम्पत्तिको अधिकारको विषयलाई समेटेको छ । त्यसैगरि उद्योग नीति लगायत विभिन्न नीतिहरु उद्योग मन्त्रालयबाट पनि अगाडि बढेको अवस्था छ । कतिपय कानूनहरु निर्माणको क्रममा छौ, अब अभौतिक सम्पदासँग सम्बन्धित कानून हाम्रो राष्ट्रिय सभामा छलफलको क्रममा छ । यो विषयलाई महत्वका साथ हामीले हाम्रो नीति, कानूनहरुमा व्यवस्थित गर्नुपर्ने छ।’

यस्तै, उनले देशभित्र आफ्नो सम्पत्तिको प्रर्वद्धन गर्ने र देश बाहिर त्यसको ब्रान्डिङ गर्नुपर्ने समेत बताए। प्राकृतिक सम्पदाबाटै भएपनि नेपाललाई विश्वभर चिनाउनु पर्ने पनि उनको भनाई छ।

उनले भने, ‘देशभित्र आफ्नो सम्पत्तिको प्रर्वद्धन गर्ने र देश बाहिर ग्लोबल क्षितिज छ त्यसको ब्रान्डिङलाई स्थापित गर्नुपर्ने छ। धेरैजना यो क्षेत्रसँग समन्वय हुनुहुन्छ। कतिपय यहाँ पीडित पनि हुनुहुन्छ। बौद्धिक सम्पत्ति माथिको आधिकार सरकारले सुनियोजित नगरेको हुँदा कतिपय अवस्थामा उनिहरु पीडित रहेका छन्। सबै विषयलाई सरकारले सम्बोधन गर्ने हो आज उठेका विषयलाई हामी लिपिवद्ध गर्छौँ। आगामी दिनमा समन्वय गर्ने छौँ। निराशा नहुनु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *