रास्वपा महामन्त्रीको जिम्मेवारी वुर्लाकोटीलाई, मनिष झा बने प्रवक्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ।
तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्रीको जिम्मेवारी दिएको हो।
निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाल महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपा केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै मनिष झालाई कार्यवाहक प्रवक्ताबाट प्रवक्ताको जिम्मेवारी दिइएको छ। रास्वपाले आज विविध कार्यक्रम साथ स्थापना दिवस मनाइरहेको छ।
यसैबीच रास्वपाले स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको आरोप दोहोर्याएको छ।
‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ। हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौं,’ सन्देशमा भनिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment