नेपालको संविधान ‘ऊँट’ जस्तै भयो, धेरै त्रुटिहरु छन् : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान र व्यवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको औंल्याएका छन्।
शनिबार आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू पूर्ण रुपमा निशुल्क हुनुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘शिक्षा, स्वास्थ्य पूर्ण रुपमा निशुल्क हुनुपर्छ। शैक्षिक प्रणालीमा आमुल परिवर्तन गरेर शिक्षा प्रणाली गरिखाने खालको हुनुपर्छ। विश्व बजारमा बिक्ने खालको हुनुपर्यो। प्रमाणपत्र प्राप्त गरिसक्दाखेरि उ स्वावलम्बी हुने खालको शिक्षा प्रणाली हुनुपर्छ। शिक्षा प्रणाली आमूल परिवर्तन गर्न आवश्यक छ। अबको शिक्षा प्रणाली गरिखाने खालको हुनुपर्छ, जसले विद्यार्थीलाई आत्मनिर्भर बनाउँछ र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ।’
संविधानबारे बोल्दै लिङ्देनले वर्तमान संविधानलाई ‘ऊँट जस्तो’ भन्दै गम्भीर आलोचना गरे। अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्थामा नै परिवर्तन नआएसम्म देशको अवस्था परिवर्तन हुन नसक्ने दाबी गरे।
उनले भने, ‘अहिलेको संविधान ऊँट जस्तो भयो। त्रुटिहरुको बण्डल छन्। सबै नराम्रो छ भन्न सकिँदैन तर त्रुटिको मात्रा बढी भयो। जसले गर्दा यो संविधानले काम नै गर्न सकेको छैन। पूर्ण रुपमा यो व्यवस्था परिवर्तन नगरिकन अवस्था परिवर्तन हुन सक्दैन। अहिलेको व्यवस्थालाई ठिक भन्नेहरु मान्छे पो खराब हुन्। समस्या मान्छेमा छ। जसले यो व्यवस्था ल्यायो, संविधान ल्यायो, त्यो ल्याउने नेताहरुमा समस्या छ।’
कार्यक्रममा उनले देशको राजनीतिक, शैक्षिक र सामाजिक सुधारका लागि व्यापक संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राखे।
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment