प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई विर्सन सकिदैन् : मन्त्री सिंह

डिसी नेपाल
७ असार २०८२ १६:०८
36
Shares

काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा भएको प्रतियोगिता निकै महत्वपूर्ण भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेशनल किक बक्सिङ्ग एसोसिएसनद्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगितामा उनले राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्न जुलुस निकाल्ने महिला मंगलादेवी भएको भन्दै उनको नाममा भएको प्रतियोगिताको निकै महत्व रहेको बताए।

उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा प्रतियोगिता भएको हो। उहाँ राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्नुपर्छ भनेर लाग्नु भएको व्यक्तित्व हो। त्यो बेला महिलाहरुलाई भोट हाल्ने अधिकार पुरुषसरह हुनुपर्छ भनेर र समाजलाई अगाडि बढाउनको लागि छोराहरुलाई मात्र होइन छोरीलाई पनि अगाडि बढाउनुपर्छ। महिलाहरुको लागि पनि विद्यालय खोल्नुपर्छ भनेर जुलुस निकालेर महिलाहरुको अधिकारको लागि मंगलादेवीले धेरै ठूलो योगदान गर्नुभएको थियो।’

यस्तै, उनले मंगलादेवीले महिलाहरुलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरुको अधिकार छोरासरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए।

आज भएको तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगिताले खेल क्षेत्रमा अझ उत्साह थप्ने पनि उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *