कांग्रेसको प्रश्न : संसद बहिष्कार गरेर कति दिन चल्छ?

डिसी नेपाल
१० असार २०८२ १३:१५
40
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले प्रतिपक्षी दलहरुले संसद बहिष्कार गरेर कति दिन चलाउने भन्दै प्रश्न गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे।

उनले भने, ‘अख्तियारले छानविन गरेर जनतासामु तथ्य प्रमाणसहित ल्याउला। म पूर्ण रुपले विश्वस्त छु। उहाँ बेदाग चरित्र हो। उहाँले यस काममा भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू र ठाउँ पनि छन्। अहिले बहिष्कार गरेर यसरी कति दिन चल्छ? सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ? म निवेदन गर्छु यो समितिलाई साथ दिनुहोस। म हार्दिक निवेदन गर्छु समितिलाई साथ दिऊँ। शंकाको सुविधा दिएर हेर्नुस्। के परिणाम आउँछ भन्ने त हेरौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *