इरानले युद्धबिराम भंग गरेको आरोप, इजरायलले तेहरानमा फेरि आक्रमण गर्दै

काठमाडौं । इरानले युद्धबिरामको उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले पेरि तेहरानमाथि आक्रमण सुरु गरेको छ । रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनालाई “तेहरानको मुटुमा रहेका सरकारी निशानाहरू विरुद्ध तीव्र आक्रमण गरेर इरानले गरेको युद्धविराम उल्लंघनको कडा जवाफ दिन” निर्देशन दिएको बताएका छन्।
युद्धविराम लागू भएको भनिएपछि इरानबाट इजरायलमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको र दुवैलाई रोकिएको रक्षामन्त्रीले दाबी गरेका छन् ।
युद्धविराम सुरु भएको केही समयपछि तेहरानले कम्तीमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही समयपछि इजरायलले इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने एक इजरायली अधिकारीले बताएका छन्। “इरानले युद्धविराम तोड्यो,” अधिकारी भन्छन्, “र यसको मूल्य चुकाउनुपर्नेछ।”
इजरायल र इरानबीच अमेरिका र कतारको मध्यस्थतामा भएको युद्धविराम सुरु भएपछि आफ्नो विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयले युद्धविरामको कुनै पनि उल्लंघनको “बलपूर्वक जवाफ दिने” वाचा गरेको छ।
इरानको इरना समाचार एजेन्सीले भने युद्धविराम लागू भएपछि इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको रिपोर्ट गलत भएको बताएको छ।
Facebook Comment