माधव नेपाल आज विशेष अदालतमा हाजिर हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर हुँदैछन् । आफूमाथि लागेको भ्रष्टाचार मुद्दा लड्नको लागि उनी अदालत हाजिर हुन लागेका हुन् । पतञ्जली जग्गा हिनामिना गरेको आरोपमा उनी मुख्य प्रतिवादी हुन् ।
उनीमाथि पतञ्जली आयुर्वेदका लागि जग्गा खरिद गर्न गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको आरोप लगाइएको छ । नेपालप्रधानमन्त्री छँदा उनको मन्त्रिपरिषदले हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति दिने र पछि बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment