इरानलाई युद्धविरामका लागि राजी गराएपछि ट्रम्पले चीन र इरानलाई ठूलो छुट दिए

डिसी नेपाल
११ असार २०८२ १२:२४
4.0k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्बन्धमा आफ्नो विदेश नीतिमा ठूलो परिवर्तन ल्याएका छन्। पहिले, अमेरिका इरानको कच्चा तेल किन्ने कुनै पनि देशको कडा विरोधमा थियो। चीनले पहिले गोप्य रूपमा इरानबाट तेल किन्ने गर्थ्यो तर मंगलबार ट्रम्पले चीनले इरानबाट तेल किन्न सकने छुट दिए। ट्रम्पले इजरायल र इरान बीचको युद्धविराम सम्झौता पछि, चीनले इरानी तेल किन्न जारी राख्न सक्ने बताएका छन्।

यद्यपि, ह्वाइट हाउसले यसको अर्थ इरानमाथिको अमेरिकी प्रतिबन्धहरू खुकुलो नपारिएको स्पष्ट पारेको छ । ट्रम्पले ट्रुथ सोसियलमा लेखेको पोस्टमा भनेका छन्, ‘चीनले अब इरानबाट तेल किन्न जारी राख्न सक्छ। यो अपेक्षा गरिएको छ कि उसले (चीनले) अमेरिकाबाट पनि धेरै तेल किन्नेछ।’

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई बताएअनुसार इरानले तेल ट्याङ्करहरूका लागि हर्मुजको जलडमरूम बन्द गर्ने कुनै प्रयास गरेको छैन किनभने यदि त्यसो गरेको भए चीनलाई गाह्रो हुने थियो। चीन विश्वमा इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो।

फेब्रुअरीमा ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रम अगाडि बढाउन र मध्य पूर्वमा आफ्ना प्रोक्सी समूहहरूलाई समर्थन गर्नबाट रोक्नको लागि फेरि अधिकतम दबाब दिने बताएपछि इरानमाथिको प्रतिबन्धहरू खुकुलो पार्नु अमेरिकी नीतिमा परिवर्तनको संकेत हुनेछ।

ट्रम्पले यसअघि इरानी तेल खरिद गरेको आरोपमा चीनका धेरै साना स्वतन्त्र तेल रिफाइनरी र बन्दरगाह टर्मिनल सञ्चालकहरूमाथि प्रतिबन्ध लगाएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *