धेरै पटक स्थगनपछि एक्सियम-४ मिशन प्रक्षेपण, ४ अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशन गए
काठमाडौं । चार जना अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा लैजानका लागि बोकेको एक्सियम-४ मिसन सफलतापूर्वक प्रक्षेपण गरिएको छ । प्राविधिक त्रुटि र अन्य समस्याका कारण यो मिसन पहिले पनि धेरै पटक स्थगित गरिएको थियो।
एक्सियम-४ मिसन एक व्यावसायिक अन्तरिक्ष उडान हो। ह्युस्टनमा आधारित कम्पनी एक्सियम स्पेसले यो मिसन सञ्चालन गरिरहेको छ।
नासाका अनुसार, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जानेहरूमा भारतका शुभांशु शुक्ला, पोल्याण्डका स्लाभोज अजनान्स्की विस्निव्स्की, हंगेरीका टिबोर क्यापु र संयुक्त राज्य अमेरिकाकी पेगी ह्विटसन समावेश छन्।”
अन्तरिक्ष यात्रीहरू त्यहाँ दुई हप्ता बस्नेछन्। यसअघि सन् १९८४ मा रुसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय राकेश शर्मा थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment