मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा
जनकपुर। मधेस प्रदेशलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ।
प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेस प्रदेश देशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश बनेको बताए। उनले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसको निरन्तरताका लागि योगदान गर्न आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले मधेस देशमै पहिलो पूर्ण खोप सुनिश्चितता प्रदेश बनेकामा गर्भको अनुभूति भएको बताए। उनले अब यसको निरन्तरताका लागि सबै जिल्ला खोप समन्वय समिति, सरोकार भएका सबैले योगदान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले प्रदेश सरकारलाई प्रमाणपत्र प्रदान गरे।
प्रदेशमा एक डोज खोप नलिएका २१३ र कुनै न कुनै खोप छोडेका १२ हजार २३० बालबालिकालाई घरघरमा पुगी खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएको स्वास्थ्य निर्देशनालयका खोप प्रमुख लक्ष्मेश्वर झाले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment