भारतीय वायुसेनाको विमान दुर्घटना: दुईजना पाइलटको मृत्यु
नयाँ दिल्ली। भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ।
राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो।
भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ, ‘सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुबै पाइलटहरूले ज्यान गुमाउनुभएको छ। यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन।’
यस दुर्घटनाको कारण बुझ्न र थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment