दश इजरायली बन्धक रिहा गर्न हमास सहमत, पछिल्लो इजरायली आक्रमणमा ७४ प्यालेस्टिनी मारिए

डिसी नेपाल
२६ असार २०८२ ७:३१
264
Shares

काठमाडौं। इजरायली सेनाले गाजामा जारी राखेको बमबारी र नाकाबन्दीकै बीच हमासले १० जना इजरायली बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ।

युद्धविरामका लागि निरन्तर प्रयास भइरहे पनि इजरायलको नयाँ नयाँ सर्तका कारण वार्तामा सहमति गर्न कठिन भएको हमासको भनाइ छ।

कतार र अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा जारी वार्तामा हमासको अझै केही मुख्य विषयहरूमा मतभेद रहेको हिजो जारी विज्ञप्तिमा उल्लेख छ। जसमा मुख्य रुपमा गाजामा अत्यावश्यक मानवीय सहायता सहज रूपमा प्रवेश, गाजाबाट इजरायली सेना फिर्ता र स्थायी युद्धविरामको सुनिश्चितता हुनुपर्ने रहेको छ।

हमासका वरिष्ठ अधिकारी ताहेर अल-नुनुले आफ्नो समूहले पछिल्लो युद्धविराम प्रस्तावमा सहमति जनाउँदै आफ्ना नागरिकको संरक्षण, जातीय सफायाको अपराध रोक्न र राहत सामग्रीको निर्वाध आपूर्ति सुनिश्चित गर्न आवश्यक लचिलोपन देखाएको बताए।

यसैबीच इजरायली सेनाले गाजाका विभिन्न भागमा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्लो आक्रमणमा ७४ जना इजरायलीको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *