भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का
काठमाडौं। बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन्।
स्थानीय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्।
भूकम्पका कारण राजधानी दिल्लीसहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन्। भूकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ।
यद्यपी, हाल सम्म कुनै पनि मानविय हताहत वा क्षति भएको खबरहरु भने आएका छैनन्। तर त्यहाँको स्थानिय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment