रुसले किभमा आक्रमण गर्दा कम्तिमा दुई जनाको मृत्यु
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा राति ड्रोनबाट फेरि एक पटक ठूलो आक्रमण गरेको छ। यो जानकारी युक्रेनका स्थानीय अधिकारीहरूले दिएका छन्।
जानकारी अनुसार, यस आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। युक्रेनको दाबीप्रति रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
किभका अधिकारीहरूले ड्रोनको भग्नावशेष मध्य शेभचेन्किभ्स्की जिल्लाको एक आवासीय भवनको छतमा खसेको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको फुटेजमा रातको आकाशमा विस्फोटहरू देखाइएको छ। फुटेजमा वायु रक्षा प्रणालीले आक्रमणलाई विफल पारेको देखिन्छ।
युक्रेनी सेनाले ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको खतराको बारेमा चेतावनी दिएको छ।
युक्रेनले मंगलबार राति ठूलो रुसी हवाई आक्रमणको रिपोर्ट गरेको छ, जसमा ७२८ ड्रोन र १३ ब्यालिस्टिक क्षेप्यास्त्रले देशभरका शहरहरूमा आक्रमण गरेका छन्।







डिसी नेपाल







Facebook Comment