समस्या निकायमा होइन संस्कारमा छ : बार अध्यक्ष मिश्र

डिसी नेपाल
२७ असार २०८२ १७:०७
32
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले समस्या निकायमा होइन संस्कारमा रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नीतिगत निर्णय र भ्रष्टाचार सम्बन्धी छलफल कार्यक्रममा उनले भ्रष्टाचार मान्छेले किन कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा रहेको भन्दै गलत संस्कारका कारण यस्तो समस्या आउने बताए।

उनले भने, ‘भ्रष्टाचार मान्छेले किन गर्छ, कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा छ। तर समस्या संस्कारमा छ, निकायमा होइन। समस्या कानून, प्रणालीमा होइन, संस्कृतिमा छ। तर समाधान कानून र नीतिगत प्रणालीमा छ। मन्त्रिपरिषद्लाई अख्तियारको मातहतमा राखेपछि, शक्ति विभाजनको सिद्धान्तलाई फेरि परिभाषा गरेर चारवटा अंग हुन्छ भनेर व्यवस्था गर्नुपर्ने अवस्था छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *