तीन जना मृत फेला
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-२० भिमसेनथान मन्दिर नजिक पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीस्थित चुल्ठे सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
बाँकेको कोहलपुर नगरपालिका-११ मध्यवर्ती सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment