पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !
वीरगञ्ज। वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ।
पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि बुधबार वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको हो।
गहवामाई मन्दिरको व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले वीरगञ्जसहित समग्र मधेश प्रदेशमा अकाशेपानी नपरेर पानीको हाहाकार भएसँगै पर्जन्य (वृष्टि) यज्ञ गरिएको बताए।
“यहाँ आकाशेपानी नपरेपछि खानेपानी र सिँचाइको चर्काे समस्या भइरहेको छ”, उनले भने, “धार्मिक परम्पराअनुसार भगवान् इन्द्रको यज्ञ र हवन गरेपछि पानी पर्ने विश्वास रहेको छ। गहवामाई मन्दिर प्राङ्गणमा अहिले पाँच जना पुरोहितले पूजापाठ तथा यज्ञ गरेका छौं। धार्मिक परम्परा र विधिमार्फत यज्ञ गरेकाले पनि छिट्टै आकाशेपानी पर्ने विश्वास लिएका छौं”
तराई मधेशमा पर्याप्त पानी नपर्दा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment