सेता भिर यता पीर, परिचर्चा
टोरन्टो क्यानाडा। क्यानाडाको रिजाइना, निबासी कवि तथा लेखक भोज अर्याल द्वारा लिखित कविता सग्रह , सेता भिर यता पीर ,को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
अनलाइन प्लेटफर्म जुमको माध्यमबाट भएको उक्त कार्यक्रम बांङ्गा अक्षरले आयोजना गरेको थियो। पेसिफिक समय अनुशार विहान सात बजे शुरु भएको कार्यक्रम डि सी नेपाल द्वारा प्रतक्ष प्रसारण समेत गरियो।
कार्यक्रममा बोल्दै परिचर्चाकार खेमराज पोख्रेलले आफ्नो धारणा राखे। उनले उक्त कृर्ती गिती काव्यको शैलीमा नजिक भएर लेखिएको हुँदा गुनगुनाउॅंन सकिने कुरा औंल्याए।
कविता सग्रहमा चर्चा गर्दै डा. ऋषि वास्ताकोटीले अर्यालका कविताले सरल र सहज तरिकाले गाउॅं घरदेखि देश विदेश बसाइॅंका भावना बोकेको कुरा व्यक्त गरे। त्यसै गरि डा. कुसमाकर शर्मा गौतमले कवितामा अन्तरमनको ध्वनि गुन्जिन पर्ने बताए। विदेश बसाइॅंका भोगाइहरु समेत समेटिएका केही प्रसंगको चर्चा गरे।
कवि तथा गजलकार युव राज भन्डारीले पुस्तकमा समावेश केही कविता पंक्ति पढेर सुनाए। अर्यालका कविताले देश, समाज र मानिसको मनोविज्ञानका विबिध पाटाहरु समेटेको कुरा औल्याए। कार्यक्रमको शुरुमा कवि प्रमोद आमात्यले स्वागत मन्तव्य राखे।
उनले पुस्तक परिचर्चा कार्यक्रमले लेखकको समेत बुझाइको क्षितिज फराकिलो बन्ने दावी गरे। यसै अवसरमा बोल्दै कवि भोज अर्यालले आफ्नो लेखन यात्राका तिता मिठा अनुभव सुनाए। सुरुमै उनले आफ्नो पहिलो कविता वाचन समेत गरे। आफू सक्रिय रुपमा लेख्दै जाने कुरा समेत अर्यालले सुनाए।
कार्यक्रममा कवि तथा लेखक राजेन्द्र कार्कीले यस कार्यक्रमले आफु उत्साहित भएको बताए। कार्यक्रम सन्चाल गर्दै संयोजक नारायण भट्टराइले बांङ्गा अक्षरको यस अभियानमा जोडिएकोमा सबै साहित्यकारहरुको प्रशंशा गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment