सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन रोक

डिसी नेपाल
४ साउन २०८२ १९:१२
100
Shares

पोखरा । सिद्धार्थ राजमार्गमा आइतबारदेखि रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै रातिको समयमा सवारी चलाउन रोक लगाएको हो।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको विज्ञप्तिमा लामो दुरीका सवारीसाधनहरू दिउँसो ४ बजेभित्रै छुटिसक्नुपर्ने जनाइएक छ। गण्डकी प्रदेशको दोस्रो महत्त्वपूर्ण यो सडकमार्ग प्रयोग गरेर भैरहवा हुँदै भारतसम्म जोडिन्छ।

यो सडकमार्गमा यात्रुवाहकदेखि मालवाहक सवारीको चाप छ। गण्डकीबाट लुम्बिनी हुँदै कर्णाली, सुदूरपश्चिम प्रदेशसम्म सवारी चल्ने गरेका छन्।

यस्तै, छोटो दुरीका सवारीसाधन साँझ ५ बजेभित्रै कास्कीको प्रस्थान विन्दु छोरेपाटनबाट छुटिसक्नुपर्ने बताइएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने उल्लेख गरेसँगै उच्च सावधानी अपनाइएको हो।

कार्यालयले मानवीय तथा भौतिक क्षति न्यूनीकरणको लागि जिल्ला सुरक्षा समिति, स्याङ्जासँगको समन्वय र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट जारी सूचना समेतका आधारमा सिद्धार्थ राजमार्गमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो।

यस्तै, कार्यालय कास्कीकै काहुँखोला, सिक्लेस, घान्दु्रक, विरेठाँटी र ताङतिङसम्म चल्ने सवारीसाधनलाई पनि रातिमा चलाउन रोक लगाएको छ।

कार्यालयका अनुसार, काँहुखोलादेखि सिक्लेस जाने सवारीसाधनहरू साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने छ। सिक्लेसदेखि काँहुखोला जाने सवारीसाधनहरू बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने हुन्छ। साउन ८ गतेसम्मका लागि कार्यालयले यो सूचना जारी गरेको हो।

पर्यटकीय गन्तव्य घान्दु्रक जाने सवारीसाधन पनि बिहानको हकमा ५ बजे र दिउँसो ४:३० बजेभित्रै छुटिसक्नुपर्ने हुन्छ।

विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी र लुम्लेदेखि लान्द्रुक जाने सवारीसाधनह मध्यम साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने, घान्द्रुकदेखि विरेठाँटी, उल्लेरीदेखि विरेठाँटी र लान्द्रुक देखि लुम्ले जाने सवारीसाधनह मध्यम बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट छुट्न पाउने, सूचनामा भनिएको छ।

प्रशासनले काहुँखोलादेखि ताङतिङ जाने सवारीलाई ४ः३० बजेभित्र छुट्नुपर्ने र ताङतिङबाट काहुँखोला आउने सवारी बिहान ५ बजेपछि मात्र छुट्न पाउने सूचनामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *