आज साउनको पहिलो सोमबार, भगवान शिवको पूजा आराधना गरिँदै

डिसी नेपाल
५ साउन २०८२ ७:४४
20
Shares

काठमाडौं। आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ। साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

आजको दिन श्रद्धालु भक्तजनहरु व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने परम्परा रहेको छ।

साउनको सोमबार उपवास गर्दा मानिसको इच्छा, आकंक्षा पूरा गर्ने जन विश्वास रहिआएको छ। शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *