पुजन काफ्लेले तीजको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक

डिसी नेपाल
१३ साउन २०८२ १३:०४
40
Shares

काठमाडौं। पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन्। तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन्।

गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ। आदेश गुर्मछानको संगीत संयोजन छ।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ। तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ।

केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *