मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भाद्र दोश्रो सातापछि पुनः सुरु गर्ने माओवादीको तयारी
काठमाडौं। नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भाद्र दोश्रो सातापछि पुन: सुरु गर्ने तयारी गरेको छ।
पार्टी कार्यालय पेरिसडाडामा शुक्रबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भाद्र दोश्रो सातापछि लमजुङबाट पुन सुरु गर्ने प्रस्ताव गर्नुभएको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए।
बैठकमा अध्यक्ष प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीका बारेमा जानकारी गराउनुभएको पोखरेलले बताए। पार्टीको केन्द्रीय कमिटी बैठक दशै र तिहारको बिचमा बस्ने प्रस्ताव आएको उनले जानकारी दिए।
बैठकका केन्द्रीय पदाधिकारीले रिर्पोटिङ गरेपछि स्थायी कमिटी सदस्यहरुले शनिबारबाट धारणा राख्ने क्रम सुरु हुने पोखरेलले उल्लेख गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment