अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सहअध्यक्षमा राप्रपाका कार्की निर्वाचित

डिसी नेपाल
१७ साउन २०८२ ९:१८
60
Shares

अमेरिका। अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको परिषद् बैठकमा राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्दै संघको सह-अध्यक्षमा राप्रपा केन्द्रीय सदस्य हिकमत जंग कार्की निर्वाचित भएका छन्।

परिषद बैठक अमेरिकाको नेसभिल शहरमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघ (IYDU) ईन्टरनेशनल डेमोक्रेसी युनियन (IDU) को भगिनी संस्था हो । IDU विश्वभरका लिबरल डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था हो र यसमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ ।

IYDU को अध्यक्षमा अष्ट्रियाकी ईभा डोहोलेभा निर्वाचित भएकी छिन्, सह-अध्यक्षमा नेपालबाट राप्रपाका हिक्मतजंग कार्की, महासचिवमा ग्रीसका ओस्ट्रियोस, कोषाध्यक्षमा अष्ट्रेलियाबाट तथा सह-महासचिव पदमा अमेरिकाबाट प्रतिनिधित्व भएको छ। कार्की यसअघि आइवाइडियुको उपाध्यक्ष रहेका थिए ।

नयाँ कार्यसमितिका लागि भएको मतदानमा ३९ देशको IYDU सदस्य दलको प्रतिनिधित्व रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *