विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल
काठमाडौं। नेता भीम रावलले नेपाली संस्कृति जति राम्रा भएपनि कानुन बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन्।
बिहीबार युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरु बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले भने, ‘यहाँ व्यक्ति कहाँ जान्छ भन्ने ठुलो कुरा होइन। हाम्रो देश कहाँ जान्छ भन्ने ठूलो कुरा हो। हाम्रो भाग्य, हाम्रो न्याउल्या गीत, हाम्रा होरी(होली), हाम्रा भुगोल जति राम्रा भएपनि त्यसलाई बचाउन पनि कानुन बनाउने मान्छेले, संविधान लेख्ने, राज्य चलाउने मान्छेले लेखिदिएन भने त्यो बाँच्दैन, सकिन्छ।’
उनले विचौलियाका कारण हामीले खाने खानामा समेत राजनीतिको गन्ध आउने बताए। उनले चामल बनाउने विचौलिया हुने र विचौलियालाई प्रधानमन्त्री मन्त्रीले बचाउने बताएका हुन्।
‘कहिलेकाही हामीले भात खानेबेला पनि राजनीतिको गन्ध आउँछ। किनभने त्यो चामल बनाउने पनि विचौलिया हुन्छन्। विचौलियालाई बचाउने पनि प्रधानमन्त्री मन्त्री हुन्छन,्’ उनले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment