माओवादी बैठकः पार्टीभित्र विधि पद्धती र प्रक्रियालाई कडाईका साथ लागू गर्न सुझाव

डिसी नेपाल
१७ साउन २०८२ १८:३१
48
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरुले पार्टीभित्र विधि पद्धती र प्रक्रियालाई कडाईका साथ लागू गर्न सुझाव दिएका छन्।

पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको बैठकमा धारणा राख्ने नेताहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन विधि पद्धती र प्रक्रियालाई कडाईपूर्वक लागू गर्नुपर्ने सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

संगठन निर्माण, बिकास र विस्तारमा योजना सहित केन्द्रीत हुन आवश्यकका साथै शुद्धिकरण र रुपान्तरणका विषय विशेष रुपमा उठेको उनले बताए। सापकोटाले नयाँ बिचार संश्लेषण र विचारको विकासका लागि बहसको थालनी गर्नुपर्ने बिषय बैठकमा उठेको उल्लेख गरे।

पार्टीका बिषयमा आएका सबै विषयमा सहज ढंगले बैठकमा छलफल भएको भन्दै उनले माओवादी पार्टी कुनै हालतमा नफुट्ने बताए। एकता, संघर्ष र रुपान्तरण पार्टीको सिद्धान्त भएकाले बैठकको अन्तिमसम्म जाँदा पार्टी थप एकताबद्ध हुने उनले बताए।

स्थायी समिति बैठकमा शनिबार आज १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिए। बैठक आइतबार ११ बजे देखि पुनः सुचारू हुने माओवादीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *