नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँको तरलता तान्ने

डिसी नेपाल
१८ साउन २०८२ ११:३१
16
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्न लागेको छ।

आइतबारका लागि तोकिएको यस विशेष संकलनको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो। सूचनामा उल्लेख गरिएको अनुसार, बोलकबोल प्रक्रियामार्फत संकलन गरिने तरलताको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव राख्न सक्नेछन्।

प्रस्तावित रकम ५ करोडको गुणानुपातमा तोकिएको दरमा भाग लगाइनेछ, र बाँकी रकम निःशेष भागसम्म स्वीकृत गरिने व्यवस्था छ।

नेपाल राष्ट्र बैंकले देशको मौद्रिक तरलता सन्तुलनमा राख्न यस्ता अल्पकालीन संकलन उपकरणहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *