गुल्मीमा खोलाले बगायो कार

डिसी नेपाल
२० साउन २०८२ १३:५५
276
Shares

बुटवल । गुल्मीको डहरे खोलाले कार बगाएको छ। अविरल वर्षासँगै आएको भेलले सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलाले कार बगाएको हो।

शान्तिपुरबाट बुटवलतर्फ आउँदै गरेको बीएए००१७ नम्बरको कार मंगलबार बिहान ११:४५ बजेको समयमा बगाएको प्रहरीले जनाएको छ। कार बगाएर खोलाले ५० मिटर तल पुर्‍याएको थियो।

स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको र मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पक्की पुल नहुँदा खोला प्रयोग गरेर आवागमन गर्नु पर्ने बाध्यताले कार बगाएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *