राप्रपा र रास्वपाले गरे प्रतिनिधि सभाको बैठक बहिस्कार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसाद विराज भक्त श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन्।
सांसद शाहले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफूहरुको विरोध जारी रहेको बताउँदै छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन्। दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment