रास्वपाको सचिवालय बैठक बनस्थलीमा जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थली जारी छ। अपरान्ह ३ बजेबाट सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्लाको सभापतिको असामयिक निधनमा दुख ब्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठक प्रारम्भ गरिएको थियो।
बैठकमा संगठन सुदृढिकरण, उप निर्वाचन र सरकारले गरेका गतिविधिहरुको बारेमा छलफल भइरहेको छ। रातिसम्म निर्णयहरु सार्वजनिक गर्नेगरी तयारी भइरहेको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment