‘कुलिङ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्छः महेश बर्तौला

डिसी नेपाल
२० साउन २०८२ १७:५२
196
Shares

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको बिशेष समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय गतिविधिमा संलग्न रहने व्यक्तिहरुलाई थप जिम्मेवार बनाउन समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन्।

उनले समितिको मुख्य जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो भूमिका राम्रोसंग निर्वाह गर्न नसकेकाले त्रुटि देखिएको र छानबिन समिति नै गठन गर्नुपर्ने अवस्था आएको जिकिर गरे। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै गम्भीर र जिम्मेवार हुनुपर्ने देखिएको उनले बताए।

बर्तौलाले सरोकारवाला निकायमा बसेका व्यक्तिले जवाफदेहि ढंगले काम गर्नुपर्छ भन्ने महशुस गराउनुलाई सकारात्मक ढंगले लिनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *