रसुवा बाढीको प्रभाव : व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस

डिसी नेपाल
२२ साउन २०८२ १३:३४
68
Shares

काठमाडौं । गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपालचीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ।

यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरुलाई सामान आयात गर्नै सकस हुन थालेको छ। नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरु अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन्।

कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भएपनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए। ‘लत्ता कपडा, फलफूल लगायत करोडौं रुपैयाँको सामान अहिलेसम्म पनि नाकामै रोकिएको छ। विशेषगरी तीज, दशैं र तिहारका लागि आयात गर्न लागिएका सामानहरु नाकामै रोकिएका छन्। अबको केही दिन भित्र ती बस्तहरुलाई नेपाल ल्याउन नसके सिजन आउट हुनुका साथै कुनै सामानहरु कुहिने, षड्ने वा विग्रेर जाने सम्भावना रहेको छ,‘उनले भने।

विशेषगरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखर लगायत रेडिमेड कपडाहरु आयातामा समस्या भएपछि त्यसले चाडपर्वमा यी बस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए।

अहिले तातोपानी नाकाबाट नेपालचीन जोड्ने बाटोमा पनि भोटेकोशी गाउँपालिका२ कोदारीमा गएको पहिरोले एक सातादेखि यातायात अवरुद्ध हुँदा तातो पानीबाट हुने व्यापारिक कारोबार समेत प्रभावित भएको छ। यसले व्यवसायीहरुलाई समान आयात गर्न झनै सकस भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *