दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्याइयो
काठमाडौं। भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ। दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरुले सुनौली नाका हुँदै नेपाल ल्याइएको हो।
गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए।

दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो। जोशीका अनुसार घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडीका पाँच देश लैजाने क्रममा उद्धार गरिएको हो।
खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएकाले आफूहरुले त्यसमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment