मुद्दा मिलाउने धन्दामा लागेर आलिशान जीवन बिताउने को-को हुन्?

डिसी नेपाल
२३ साउन २०८२ २०:५८
480
Shares

काठमाडौं। वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती केही दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा गम्भीर विषय उठाए। उनले बारको नेतृत्वमा पुगेकाहरुले नै मुद्दा मिलाउने धन्दामा लागेर पैसा कमाउने गरेको आरोपसमेत लगाएका छन्।

समाजिक सञ्जालमा उप्रेतीले लेखेका छन्-बार एसोसियनमा रहेर नेतृत्व प्रदान गरेका मनुवा नै मुद्दा मिलाउने धन्दामा लागेर पैसा कुम्ल्याउँछन् भन्ने सन्दा लाज पनि नराम्रोेसँग लजाएछ। आलिशान जीवनशैलीको रहस्य!

वरिष्ठ अधिवक्ताले नै यसरी बार एसोसिुयनको नेतृत्वप्रति पैसा कुम्ल्याउने आरोप लगाउँदा बारको नेतृत्व प्रदान गरेकहरुले कुनै खण्डन वा आपत्ति जनाएको देखिएको छैन।

बारको नेतृत्व गरेकाहरुमाथि बेला बेलामा यस्ता प्रकारका आरोप लाग्दै आएको छ। आफूले भनेको जस्तो न्यायाधीश सर्वोच्चमा ल्याउनु पर्नेदेखि सेटिङमा मुद्दा मिलाउनेसम्मका आरोप कानुन व्यावसायमा लागेकाहरुका लागि नौलो विषय रहेन।

तर वरिष्ठ अधिवक्ताले नै सार्वजनिक रुपमा यस्तो गम्भीर आरोप लगाउँदा सरोकारवाला निकाय भने मौन देखिएका छन्। यस्तो संवेदनशील विषयमा बार काउन्सिलले कुनै प्रतिक्रिया दिएको छैन भने वरिष्ठ अधिवक्ता उप्रेतीले संकेत गरेका बारको नेतृत्व प्रदान गरेकाहरुले पनि यो विषयमा मुख खोलेका छैनन्।

बारको नेतृत्व प्रदान गरेकाहरुले नै मुद्दा मिलाउने धन्धामा लागेर आलिसान जीवन बिताउँछन् भनेर आरोप लाग्नुले वकालत पेशमा लागेका र बारका नेतृत्वमा रहेका मानिसहर कतिधेरै आचरणगत हिसावले कमजोर रहेका छन् भन्ने देखाउँछ।
यद्यपि वरिष्ठ अधिवक्ता उप्रेतीले कुन मुद्दा मिलाएर र कसले यो काम गरिरहेको छ भनेर स्पष्ट उल्लेख भने गरेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *