२.४४ प्रतिशत घट्यो साताको शयरबजार माइक्रोफाइनान्स समूहमा उच्च नाफा

डिसी नेपाल
२४ साउन २०८२ १३:०१
12
Shares

काठमाडौं । यो साता नेप्से परिसूचक २.४४ प्रतिशतले घटेर २८५० विन्दुमा झरेको छ, जबकि गत साता २.०१ प्रतिशतले घटेर २९२२ मा झरेको थियो। पाँच दिनको कारोबारमा तीन दिन बजार घट्दा दुई दिन मात्र सामान्य वृद्धि देखिएको हो।

आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले बजार घटेको थियो। त्यसैगरी, बिहीबार भने १८.३० अंकले बजार उकालो लागेको छ।

यससँगै यो साता समग्र कारोबार रकम पनि घटेको छ। साताको सुरुवातमा १३ अर्ब ७ करोड रुपैयाँको शेयर कारोबार हुँदा अन्तिम दिनसम्म ८ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ। गत साता ९६ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको २१ करोड ७८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको १२ करोड ९६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ।

यो साता सबैभन्दा बढी लाभ माइक्रोफाइनान्स समूहका लगानीकर्ताले पाएका छन्। समाज लघुवित्तका लगानीकर्ताले १८.२६ प्रतिशत नाफा कमाए भने अन्य उल्लेखनीय कमाउने कम्पनीहरूमा सिक्लेस हाइड्रोपावर (१४.२६ प्रतिशत), विन नेपाल लघुवित्त (१४.०४ प्रतिशत), महुली लघुवित्त (१४.०४ प्रतिशत) र लिबर्टी इनर्जी (११.१७ प्रतिशत) रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *