प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए।
तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका हुन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment