चीनको नागरिक उड्डयन उद्योगमा नयाँ रेकर्ड

डिसी नेपाल
३० साउन २०८२ १५:४४
340
Shares

एजेन्सी । चीनको नागरिक उड्डयन उद्योगको स्तर नयाँ उचाइमा पुगेको छ। पहिलो अर्धवार्षिक समीक्षा अनुसार नागरिक उड्डयन उद्योगले ठूलो प्रगति गरेको छ।

चीनको नागरिक उड्डयन प्रशासनको नयाँ जानकारी अनुसार देशको नागरिक उड्डयन क्षेत्रले वर्षको पहिलो छ महिनामा नयाँ रेकर्ड कायम गरेको हो। जसमा गत वर्षको तुलनामा यात्रुको संख्यामा समेत वृद्धि भएको देखिन्छ।

प्राप्त तथ्याकं अनुसार ३७ करोडले यात्रा गरेको साथै लगभग ४८ लाख टन कार्गो र मेल ढुवानी गरेको छ। जुन वार्षिक लगभग १५ प्रतिशतले वृद्धि हो।

देशले जनवरीदेखि जुनसम्म अन्तर्राष्ट्रिय यात्रु उडानहरूको लागि १२३ हवाई मार्गहरू पनि थपेको छ। जसले गर्दा ट्राफिकमा वर्ष दर लगभग २९ प्रतिशतले वृद्धि भएको छ। (सीसीटीभीप्लस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *