कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट ३५ नेपाली बिरामी, केहीको मृत्यु

डिसी नेपाल
३० साउन २०८२ २३:४५
392
Shares

काठमाडौं। कुवेतमा केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण ३५ नेपाली नागरिक बिरामी भइ अस्पतालमा उपचाररत रहेका छन्।

केवतस्थित नेपाली दूनावासले उक्त दुःखद् घटनामा ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको जनाएको छ। निजमध्ये केहीको मृत्यु भएको जानकारी पनि राजदूतावासमा प्राप्त भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

केही बिरामी विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेका दूतावासले आज विज्ञप्तिमामार्फत जानकारी गराएको छ।

उक्त विषयमा जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूतलगायत अन्य कर्मचारीले विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीको अवस्थाका बारेमा जानकारी लिएको थियो। यस सम्बन्धमा दूतावासले सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको जनाएको छ।

उक्त घटनाका मृतकप्रति दूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै दूतावासले उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहनसमेत दूतावासले विशेष अनुरोध गर्दै त्यस सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको वाट्सएप नं ९६५६१००८९५६ मा सम्पर्क गर्न अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *