मनमोहक पुम्दीकोट (फोटोफिचर)

डिसी नेपाल
३१ साउन २०८२ १२:२१
32
Shares

पोखरा । कास्की जिल्लाको रमणीय डाँडामाथि अवस्थित पुम्दीकोट अहिले धार्मिक पर्यटनको आकर्षण बनेको छ।

समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण गरिएको छ।

पुम्दीकोटमा ४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ५२ फिट अग्लो शिव मूर्तिसहित भौतिक संरचना निर्माण गरिएको छ।

पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोट निकै आकर्षक रहेको छ। उत्तरतर्फ चाँदीका घेराजस्तै टल्किएका हिमशृङ्खलासँगै सराङकोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ सयौँ पर्यटक पुग्ने गरेका छन्।  

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *