प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य

डिसी नेपाल
१ भदौ २०८२ १२:३०
196
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१-८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ। यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१-८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए। उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१-८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो।

शाक्यका अनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१-८२ मा देशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ।

आगामी वर्ष यो संख्या घटाउने लक्ष्य लिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ। उनले भने, ‘गत वर्ष २०८१÷८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको थियो। जुन यो वर्ष घट्ने क्रममा रहेको छ। घटिमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाईने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *