पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन

डिसी नेपाल
६ भदौ २०८२ १३:५३
32
Shares

काठमाडौं । पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन भएको छ। उनका नजिकका साथी बाल मुकन्द शर्माले यसको पुष्टि गरेका छन्।

बाल मुकुन्द शर्माले बीबीसी पञ्जाबी सेवाका पत्रकार नवजोत कौरलाई बताएअनुसार जसविन्दर भल्लालाई बुधबार साँझ ब्रेन स्ट्रोक भएपछि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो।

जहाँ उपचारको क्रममा बिहीबार उनको मृत्यु भयो। जसविन्दर भल्लाको अन्तिम संस्कार शनिबार मोहालीमा गरिनेछ। जसविन्दर भल्ला पञ्जाबी फिल्म उद्योगमा एक प्रसिद्ध नाम थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *